लोक आस्थाको पर्वका रूपमा मनाइने चैती छठ मिथिलाञ्चलमा आजदेखि सुरू
४ बैशाख २०७८, शनिबार १०:३३
जनकपुर । लोक आस्थाको पर्वका रूपमा मनाइने
प्रत्येक वर्ष चैतको तृतीया तिथिदेखि हुने चैती छठ मिथिलाञ्चलमा आजदेखि सुरू भएको छ ।
आज चैती छठ पर्वको पहिलो दिनमा व्रत बसेका महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन्। दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ। सो दिनलाई नहाय खाय भनिन्छ।
चैत २७ गतेको दिन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ। सो दिनलाई पारन भनिन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ सम्पन्न गरिने परम्परा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया