ओलीकै गृहजिल्लामा माधव पक्षले बनायो समानान्तर कमिटी – Nagarikabhiyan : National News

ओलीकै गृहजिल्लामा माधव पक्षले बनायो समानान्तर कमिटी

काठमाडौ । नेकपा (एमाले) को माधव-झलनाथ पक्षले केपी शर्मा ओलीको गृहजिल्ला झापामा समानान्तर कमिटी गठन गरेको छ ।

शुक्रबार झापामा खनाल नेपाल पक्षका बेदराज रेग्मीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरेको हो ।

झापाको विर्तामोडमा आयोजित कार्यकर्ता भेलाबाट मालेकाल देखिका पुराना बामपन्थी नेता रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय विस्तार गर्दै जिल्ला कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख रहेकी चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी लगायत चयन गरेको छ । कार्यक्रममा बोल्दै नेता नेपालले ओलीको हठका कारण नेपालमा कम्युनिष्ट संकटमा परेको आरोप लगाएका थिए ।