मुख्यमन्त्री योगीलाई लाग्यो कोरोना – Nagarikabhiyan : National News

मुख्यमन्त्री योगीलाई लाग्यो कोरोना

भारत ।  उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई कोरोना संक्रमण भएको छ ।

भर्खरै पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी कुम्भ मेलामा मुख्यमन्त्री आदित्यनाथमा पनि सहभागि भएका थिए । सामाजिक सञ्जाल ट्वीटर मार्फत मुख्यमन्त्री योगीले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफू आइसोलेसनमा बसेको र चिकित्सकको परामर्श पूर्णरुपमा पालना गरिरहेको लेखेका छन् । आफू आइसोलेसनबाटै काम गरिरहेका समेत उनले उल्लेख गरेका छन् ।