पीडितद्धारा न्यायको माग
२७ चैत्र २०७७, शुक्रबार १९:४५
सुनसरीको दुहवी नगरपालिका ९ सोनापुरका मो.सकुरुद्दिन, सफि आलम, नसा आलम, जम्सेद रैन, नुर आलम सिराज आलम लगायतकाले आफूहरु माथि आक्रमण भएको भन्दै न्यायको माग गरेका छन् ।
दुहबी नगरपालिका वडा न० ९ सोनापुरमा गत चैत्र ११ गते भएको दुई पक्षको झडपमा आफूहरु घाईते सहित अन्यायमा परेकाले न्यायको लागि अपिल गरेका हुन् । पीडितहरुले शुक्रबार पत्रकार सम्मेलन गरी आफुहरु घरमा सुतिरहेको बेला अचानक एक समूह आएर कुटपीट सहित आक्रमण गरी घाइते बनाई घरमा विभिन्न धनमाल चोरी गरि लगेको समेत आरोप लगाएका छन् ।
घरको मूलढोकामा लगाएको ताला फुटाई पीडित मियाँको घरबाट नगद रु ५ लाख , तीस तोला चान्दी र पाँच तोला सुनको ब्रासेट, औठी, हार समेत चोरी गरेको र आक्रमण समेत गरेको पीडितहरुले बताएका छन् । बिगत लामो समय देखि दुहबीको सोनापुर अपराधको केन्द्र बन्द थालेको र समप्रदायीकताको रुपमा दिन केही व्यक्ति लागि परेको समेत गुनासो बाहिर आएको छ । एकपछि अर्को घटना भएको र पक्षहरुले एक समुदाय अर्को समुदाय माथि अनावश्यक आरोप लगाई आक्रमणमा उत्रेकाले सामाजिक सदभाव कायम गर्दै न्यायका लागि अपिल गरेका छन् । यसैबीच शुक्रबार पीडित मध्येका एक सकरुदिन मियाँले आफूहरु माथि जातिय , सामाजिक र धार्मिक रुपमा समेत विभेद भएको र त्यसको नियन्त्रणका लागि समेत पहल गरि दिन आग्रह गर्नुभयो । अपराधको केन्द्रबिन्दु जस्तो सोनापुरमा शान्ती सुरक्षा र सदभावको वतावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीयका अनुसार पछिल्लो समय दुहबीमा हत्या हिंसा, बल्तकार, लागू पदार्थ ओसार पोसारको घटना हुदाँ समेत दुहबी प्रहरी क्रियाशिलता असफल जस्तो भईरहेको छ ।
दुहबीमा दुई समुह बीच सोही घटनालाई लिएर झडप हुदाँ खुकुरी हानाहान भएको थियो । त्यस क्रममा ८ घाइते १ जना गम्भीर भएका थिए । सुनसरीको दुहबी वडा नम्बर २ र वडा नम्बर ९ का रत्न चौधरी, सरोज सहितका चार जना चिनेका र अन्य नचिनेका व्यक्तिहरु बेलुकी ८ ः३० बजे सामुहिक झडप र आक्रमण भएको पीडितहरुले दावी गरेका छन् ।
वडा नम्बर २ वीर गाउँका ३ जना युबाहरु विशाल खवास, सुभनारायण चौधरी र अजय नारायण चौधरी समूहको आक्रमण घाइते भएका थिए । उनिहरुको दुहबी स्थित जिबन ज्योति स्वास्थ्य क्लिनिकमा उपचार गराएका थिए ।
यसअघि घाइते भएका विशाल खवासका अनुसार आफु मोटरसाइकलमा जाने क्रममा बिपरित दिसा तर्फ आईरहेको मोटरसाइकल एक आपसमा नजिक भई जुध्न खोज्दा आफू बाटो काट्ने क्रममा सामान्य भनाभन भएकै भरमा आफूलाई छाताबेलि गाउँ बाट २० , २५ जनाको संख्यामा युवाहरु बोलाएर अनाधुन आक्रमण गरिएको दाबी गरेका थिए ।
झडप भएको रातमा को २९ प १२६०, को ३२ प ३२५९ , ज ७ प ५८५८ नम्बर भएको तिन ओटा मोटरसाइकल समेत क्षती भएको घाइते मध्येका सकरुदिन मियाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया