नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण – Nagarikabhiyan : National News

नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा लेखराज भट्ट, शहरी विकास मन्त्रीमा प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरीशंकर चौधरी नियुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित चारै सांसदहरू नेकपा एमालेतिर लागेपछि पार्टीले कारवाही गरेको थियो । पार्टी परित्यागपछि सांसद र मन्त्री दुवै पद गुमाएका चारै जनालाई प्रधानमन्त्रीले सांसद नहुँदा पनि मन्त्री हुन पाइने संवैधानिक व्यवस्था अनुसार नयाँ नियुक्ति दिएका हुन् ।