अहिले लकडाउनको कुनै तयारी छैन : गुरुङ
२७ चैत्र २०७७, शुक्रबार १८:३४
काठमाडौं । सरकारले अहिले तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट पारेको छ ।
शुक्रबार सूचना प्रविधि मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री पार्वत गुरुङले सरकारले अहिले लकडाउनका विषयमा कुनै तयारी नगरेको बताएका हुन् ।
‘सरकार लकडाउनमा जान्छ कि जाँदैन भन्ने तयारी नै नभएको विषयमा उत्तर दिन जरुरी छैन,’ पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकारले लकडाउन गर्न पाइँदैन भनेर नागरिक समाजले भनिरहेको छ । यस्ता महामारीबाट कसरी बच्ने, कसरी सुरक्षित हुने र नेपाली जनताको जीवन सुरक्षाको कसरी काम गर्ने भन्ने सोच सरकारले लिनेछ ।’ उनले सबैको परामर्शमा सरकारले निश्चित मापदण्ड बनाउने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया