शाह विरुद्ध पाँच करोडको मुद्दा दायर – Nagarikabhiyan : National News

शाह विरुद्ध पाँच करोडको मुद्दा दायर

काठमाडौं। प्रवीन्द्र शाह गोढविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । पर्साका गोढविरुद्ध झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरेर राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ५ करोड २९ लाख रुपैयाँ बिगो असुली गरी जरिवाना र कैद माग दावीसहित उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

अभिनास इन्टरनेशनल प्रालिको सञ्चालकसमेत रहेका गोढ लामो समयदेखि मालवस्तु खरिद तथा आयात नगरी झुट्टा खरिद देखाई विभिन्न फर्महरुलाई बिल बिजक जारी गरी ती फर्महरुबाट लिएको रकमको मूल्य अभिवृद्धि करसमेत सरकारलाई नबुझेकोले विभागले जनाएको छ ।

एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोप छ । उनले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ एक करोड ८९ लाख रुपैयाँ, आयकर तर्फ २ करोड ९७ लाख रुपैयाँ र लाभांश करतर्फ ४३ लाख २६ हजार रुपैयाँ राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । साथै, उनीसँगै उक्त फर्मका बैंक खाता सञ्चालक जाबिर अन्सारीविरुद्ध पनि मुद्दा दायर भएको छ ।-दृष्टिबाट