किशोरीलाई बलात्कार गर्ने २ व्यक्ति झापा र कपिलवस्तुबाट पक्राउ – Nagarikabhiyan : National News

किशोरीलाई बलात्कार गर्ने २ व्यक्ति झापा र कपिलवस्तुबाट पक्राउ

काठमाडौं ।  १७ वर्षिया किशोरीलाई बलात्कार गर्ने दुई जना व्यक्ति  झापा र कपिलवस्तुबाट  पक्राउ  भएको छ।

 

कपिलवस्तु नगरपालिका–५ दलदलाहाका २८ वर्षिय रतन गिरीलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेकोे हो । उनलाई  जिल्ला प्रहरी कार्यालय  कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–७ सतिघट्टाका १९ वर्षिय पल्टन टुडुलाई पक्राउ गरेको छ । पल्टनले  मेचिनगर नगरपालिका–१५ स्थित लक्ष्मी डाँडामा बालिकालाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।