उखु किसानले अहिलेसम्म भुक्तानी पाएनन् जसका कारण चिनी उत्पादनमा कमी – Nagarikabhiyan : National News

उखु किसानले अहिलेसम्म भुक्तानी पाएनन् जसका कारण चिनी उत्पादनमा कमी

काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ ।  तर उखु किसानले अहिलेसम्म भुक्तानी पाएनन् जसका कारण चिनी उत्पादनमा कमी  आएका छन् । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।

 

चिनी उत्पादक संघले करीब १ लाख मेट्रिक टन चिनी उत्पादन भएको अनुमान गरिएको बताएको छ । चिनी उद्योगीहरूबाट संघले प्राप्त गरेको तथ्यांक अनुसार हाल सम्म ७२ हजार मेट्रिक टन उत्पादन भएको छ भने तीन ओटा उद्योगको तथ्यांक आउन बाँकी छ । तथ्यांक आउन बाँकी रहेको उद्योगको उत्पादन समेत जोड्ने हो भने करीब १ लाख मेट्रिक टनसम्म पुग्ने अनुमान छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने ।

 

विगत वर्षको तुलनामा यस वर्ष उपादन केही घटेको छ । संघका अनुसार गतवर्ष १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको संघले बताएको हो ।