पत्रकार महासंघ मोरङको बागी उम्मेदवारी ठाकुर र थापालाई कारवाही – निलम्बन गर्न यस्तो छ सिफारिस – Nagarikabhiyan : National News

पत्रकार महासंघ मोरङको बागी उम्मेदवारी ठाकुर र थापालाई कारवाही – निलम्बन गर्न यस्तो छ सिफारिस

 

 

विराटनगर ।  बुधबार चैत्र  २५ गते  हुने नेपाल पत्रकार महासंघ मोरङको निर्वाचनमा गठबन्धनका उम्मेदवार उपाध्यक्ष जितेन्द्र नारायण ठाकुर र सदस्य उमा थापा (पोखरेल) दुबै जनालाई  प्रेस युनियन मोरङले  कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको छ ।

 

नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस यूनियन मोरङ र प्रेस संगठनको संयुक्त गठबन्धन बनेको थियो । तर  उमाले आफ्नै संगठनको आधिकारीक उम्मेदवार आचार्य उपाध्यक्षमा र ठाकुरले गठबन्धनका आधिकारीक समावेशी सह–सचिवका उम्मेदार श्रेष्ठ विरुद्ध बागी उम्मेदवारी भएको छ ।

 

उक्त गठबन्धनको आधिकारीक उम्मेदवारमा महिलातर्फ उपाध्यक्ष तारा आचार्य र समावेशी सह–सचिवमा अनिल श्रेष्ठलाई अगाडी सारिएका थिए । तर उपाध्यक्ष ठाकुरले नेपाल पत्रकार महासंघ मोरङको समावेशी सह–सचिवमा र उमाले महिला उपाध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएपछि उनको विरुद्ध प्रेस यूनियनले कारवाहीको सिफारिस केन्द्रीय कार्यालयमा पठाएको प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतले बताउनुभयो ।

 

यस्तो छ नेपाल प्रेस युनियन मोरङ शाखाको कारवाही विज्ञाप्ति  : 

 

आधिकारीक उम्मेदवार विरुद्ध बागी हालेपछि निलम्बनको सिफारिस गरिएको छ,’ अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।