पूर्व राजा ज्ञानेन्द्र शाह २६ गते भारत जाने – Nagarikabhiyan : National News

पूर्व राजा ज्ञानेन्द्र शाह २६ गते भारत जाने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह चैत २६ गते भारत जाने भएका छन् । ज्ञानेन्द्र शाहसँगै पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत जाने भएकी हुन् ।
भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती त्यसतर्फ जान लागेको पुर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवालयले जनाएको छ ।