कोराेना कहरबीच प्रहरीमाथि हातपात, वडाध्यक्षका छोरासहित दुई जना पक्राउ – Nagarikabhiyan : National News

कोराेना कहरबीच प्रहरीमाथि हातपात, वडाध्यक्षका छोरासहित दुई जना पक्राउ

सिन्धुली । प्रहरीमाथि हातपात गरेपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र त्यसै ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् ।

उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ । लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन् । लकडाउनको बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरीमाथि नै हातपात गरेका थिए ।

प्रहरी सहायक निरीक्षक दीप तामाङमाथि हातपात गरेपछि पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइएको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । ढुङ्गा लागेर घाइते भएका सई तामाङको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।