वजेटको अभावमा प्राकृतिक जलाशयको संरक्षणमा समस्या – योजना र कार्यक्रम प्रभावित
२३ चैत्र २०७७, सोमबार ०७:३१
हेटोडा । स्रोतसाधन र वजेटको अभावमा प्राकृतिक जलाशय मत्स्य प्रबर्धन केन्द्रको कार्यालय हेटौडाले आफनो उदेश्य अनुसार काम गर्न नसकेको जनाएको छ ।
नेपालको अधिराज्यभरिका प्राकृतिक जलाशय अन्र्तगत रहेका मत्स्य तथा जलीय जीव र वनस्पतीको संरक्षण गर्नै उदेश्यका साथ सञ्चालनमा रहेको सो कार्यालयले वजेट , सवारी साधन र जनशक्तिको अभाव झेलिरहेको छ । जसको फलस्वरुप कार्यालयले आफना योजना तथा कार्यक्रम समेत गर्नमा समस्याग्रस्त रहेको त्यहाँका कर्मचारी र प्राविधिकहरुको गुनासो रहेको छ ।
कार्यालयवाट प्राप्त जानकारी अनुसार रु १० करोड वजेटको आवश्यक्ता रहेको सो कार्यालयलाई करिव रु ३ करोड वार्षिक वजेट मात्र दिएको र प्राविधिक सहित १६ जना कर्मभारीको दरवन्दी रहेकोमा अहिले ७ जना कर्मचारीवाट कार्यालय संचालन भइरहेको वताइएको छ ।
वि सं २०२४ साल अर्थात ५३ वर्ष अगाडि स्थापना भएको र सोही समयमा निर्माण भएको कार्यालय भवन र त्यस अन्र्तगत रहेको माछा पालन तथा भूरा उत्पादनका जलाशय पोखरी र कृषिफार्महरु अहिले जीर्ण भइसकेकोले मर्मतसंभारका लागि वजेटको अभाव रहेको कार्यालय प्रमुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।
विसं २०२४ सालमा मत्स्यको उत्पादन र व्यवसायिक कारोवार गर्ने उदेश्यले स्थापना भएको सो कार्यालयको पहिलो नाम व्यवसासयिक मत्स्य केन्द्र हेटौडा रहेको थियो ।
देशको वदलिदो परिस्थिति र निजिक्ष्ोत्रका किसानले माछा उत्पादन र विक्री गर्न थालेपछि आव २०७४÷७५वाट सो कार्यालयको नाम र काममा परिर्वतन गरी प्राकृतिक जलाशय मत्स्य प्रबर्धन एवं् संरक्षण केन्द्रको कार्यालय हेटौडा नामाकरण गरीएको प्रमुख यादवले भन्नुभयो । तर त्यस अनुसारको सुविधा छैन ।
यसअघि सो कार्यालयले माछा उत्पादन गरि हेटौडा र काठमाडौको वजारमा विक्री गर्ने र गुणस्तरीय माछा उत्पादन गर्ने गरेको थियो । साथै हाँसको समेत पालन र विक्री गर्ने गरेको थियो । तर निजि क्षेत्र माछाको व्यवसायिक कारोवारमा लागेपछि यसको काममा परिर्वतन गरी अधिराज्यभरिका प्राकृतिक जलाशयको जीवजन्तुको संरक्षण गर्ने जिम्मेवारी र काम दिइएको छ ।
साथै अहिलेको अवस्थामा उक्त कार्यालयले प्राकृतिक जलाशयको मत्स्यको तथ्याकं संकलन गर्ने , त्यस कार्यमा संलग्न समुदायको क्षमता अभिवृधि गर्ने, माछाको गुणस्तरियतामा जोड दिने ,माछाको वीज उत्पादन गर्ने ,माछा रोगको पहिचान गर्ने तथा दोहोरो मार्ग व्यवस्थापन गरी माछा फार्मको उत्पादन लगायतका काम गर्ने रहेको छ ।
त्यस्तै नदी र अन्य प्राकृतिक जलाशयमा करेन्ट लगाएर माछा मार्ने र वम विस्फोट गराएर माछा मार्ने लगायतका कामलाई रोक्न चेतना जागृत गराउने र त्यसमा संम्वन्धित निकाय वीच समन्वय गर्ने लगायतका अन्य संरक्षणका काम गर्ने उदेश्य रहेको भएपनि स्रोतसाधनको अभावले काम गर्न कठिनाई भएको यादवको गुनासो रहेको छ ।
उक्त कार्यालयको हाता भित्र ४७ हेक्टर क्षेत्रफलमा भवन सहित जमीन रहेको जसमा १७ .६९ हेक्टर जमीनमा १० वटा पोखरी र ३ वटा रिजरभेयर रहेको छ । तर उक्त पोखरीमा गुणस्तरिय माछा उत्पादन र विक्रीका लागि पोखरीमा पानीको अभाव रहेको छ । त्यसको लागि वोरिगंको व्यवस्था छैन । खोलावाट आउने पानी न्यून हुदै गएको छ । साथै खोलाको पानी प्रदुषित समेत भएको वताइएको छ । समय समयमा पोखरी सफाई नहुँदा गहिराई कम भएको छ ।
चालूआर्थिक वर्षमा हयाचलिगं,फिगंरलिगं र एडभान्स फिगंरलिगं क्रमशः ३ करोड, ५ लाख र ५ लाख उत्पादन र विकी वितरण कार्यक्रम रहेकोमा हाल चैत सम्ममा क्रमशः ८१ लाख ,२ लाख र १ लाख मात्र उत्पादन भएको तथा हाल माछा पोखरीमा माछाको भूरा सुन्य रहेको सो कार्यालयवाट प्राप्त विवरणमा उल्लेख गरीएको छ ।
तीन महिना अगाडि सरुवा भएर आउनुभएका प्रमुख यादवले विगत लामो समय देखि ध्यान नदिएको कारणले समस्या वढदैगएको वताउनुभयो । आफूले सवै समस्या लेखेर सम्वन्धित निकायमा पठाएको छु भन्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया