लक्ष्मिनियाँ गाउँपालिकामा “मस्जी-दे-नववी” मस्जिदको भवन शिलान्यास – Nagarikabhiyan : National News

लक्ष्मिनियाँ गाउँपालिकामा “मस्जी-दे-नववी” मस्जिदको भवन शिलान्यास

काठमाडौं ।  आज आइतबार धनुषा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका  वडा  नं. ६  निकाल टोलमा  “मस्जी-दे-नववी”  नामक मस्जिदको भवन  शिलान्यास गरिएको छ ।

मस्जिदको भवन शिलान्यास कार्यक्रमको  अध्यक्षातामा  लक्ष्मिनियाँ गाउँपालिका  वडा  नं. ६  का  अध्यक्ष उमेश यादव,  प्रमुख अतिथिमा प्रदेश नं. २  का मुख्यमन्त्री मा. मोहम्मद लालबाबु राउत ,  बिशेष अतिथिमा प्रदेश नं. २  का  आन्तरिक मामिला तथा कानुन मन्त्री मानिनय ज्ञानेन्द्र यादव,  बिशिष्ट अतिथिमा  प्रदेश सभा सदस्य संसद एवम् महिला तथा बालबालिका न्यायका सभापति मा. जैनुल राईन ,  अतिथिको रूपमा प्रदेश संसद चमेलि देवी दास, जसपाका केन्द्रिय सदस्य महाजन यादव, नेपाली कांग्रेसका जिल्ला उप-सभापति संतोष यादव, कुमर कान्त झा, नेकपा का महाबिर , बिशेश्वर यादव, लक्ष्मिनियागाउँपालिका  वार्ड नं. २  का वडा अध्यक्ष दिलिप यादव, जसपाका बिनदेश्वर यादव लगायतका नेताकार्यकर्ता  र नागरिक समाज सेवीहरूको उपस्थितिमा  शिलान्यास गरेका हुन ।

भवन शिलान्यास कार्यक्रममा स्थानीय समुदायको चौतर्फी विकासका लागि  मुख्यमन्त्री राउत  र  कानुन मन्त्री यादवले सहज बनाउने बताउनुभयो ।