एमालेको इनरुवा ३ मा वडा कमिटि
२० चैत्र २०७७, शुक्रबार १७:३६
सुनसरीको इनरुवा नगरपालिका ३ मा नेकपा एमालेको वडा कमिटि गठन गरिएको छ । एमालेको वडा स्तरीय भेलाबाट उद्धव गौतमको अध्यक्षतामा ७३ सदस्य नेकपा एमालेको वडा कमिटि गठन गरिएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य खेमराज पोखरेलको प्रमुख आथित्यमा भएको वडा कमिटि भेलाले गौतमको अध्यक्षमा गठन गरिएको कमिटिको उपाध्यइामा अम्बिका सापकोटा, सचिवमा जानुका दाहाल, सह सचिवमा राधा सुवेदी र कोषाध्यक्षमा बेनु घिमिरे रहेका छन । वडा कमिटिको भेला कार्यक्रममा एमालेका नगर अध्यक्ष विदुर सुवेदी, सचिव मेघराज न्यौपाने, युवा संघका पुकार पोखरेल, डिसी चौधरी, जिल्ला सचिव पर्शुराम यादव र कार्यालय सचिव राम कोईराला सहितको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया