ओलीलाई अध्यक्षबाट हटाएर नयाँ कमिटी गठन गर्ने माधव नेपालको घोषणा
१९ चैत्र २०७७, बिहीबार १२:२९
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल केन्द्रमा नयाँ कमिटी गठन गर्ने घोषणा गरेका छन् । विहीबार पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रमा अध्यक्षबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी गठन गर्ने घोषणा गरेका हुन् ।
नेता नेपालले कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिएका छन्। कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले अब चाँडै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटि घोषणा गर्ने जानकारी दिए।
उनले अब चाँडै केन्द्रीय कमिटी पनि घोषणा गर्ने जानकारी दिँदै जिल्लामा सबै संगठित हुन कार्यकर्तालाई आग्रह गरे। ‘कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं,’ नेता नेपालले भने।
यसअघि नेपाल समूहले युवा संघ, महिला संघ र अनेरास्ववियुको पनि समानान्तर कमिटी बनाइसकेका छन्। युवा संघ काठमाडौंको बुद्धनगरमा समानान्तर कार्यालयसमेत खोलिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया