सुनसरीका पत्रकारको थ्रोट स्वाव संकलन – Nagarikabhiyan : National News

सुनसरीका पत्रकारको थ्रोट स्वाव संकलन

इनरुवा । सुनसरीका २० जना पत्रकारको कोरोना परिक्षण गर्नका लागि थ्रोट स्वाब संकलन गरेको छ । सदमुकाम इनरुवा सहित जिल्लाको इटहरी र धरान कार्य क्षेत्र बनाएर कार्यरत २० जना पत्रकारको कोरानो परीक्षणका लागि स्वाब संकलन गरेको हो ।

कोरोना भाईरस महामारीका बेला फिल्डमा गएर आमजनतालाई सुसुचित गराउने कार्य गर्दै आएका जिल्लाका २० जना पत्रकारको परिक्षण गर्नका लागि स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बताउनुभयो । न

नेपाल पत्रकार महासंघ सुनसरी शाखाको पहलमा स्वाब संकलन गरिएको महासंघ सुनसरीले जनाएको छ । संकलन गरिएको स्वाबको रिर्पोट बुधबार सम्ममा आउने महासंघले जनाएको छ ।