भारतबाट आएका तीन जनामा कोरोना संक्रमण पुष्टि – Nagarikabhiyan : National News

भारतबाट आएका तीन जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिममा भारतबाट आएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २३ जनाको स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार डोटीका एक जना र कैलालीका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गौरीफन्टा नाका भएर आएका शंकास्पद २३ जनाको स्वाब परीक्षण गरिएको थियो ।

यस्तै सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका–१ का ४४ वर्षीय पुरुष, धनगढी(३ का ४५ वर्षीया महिला र पुनर्वास नगरपालिका(५ का ५४ वर्षीय पुरुषको आइसीयूमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।