चितवनको सिरक डसना उद्योगमा आगलागी – Nagarikabhiyan : National News

चितवनको सिरक डसना उद्योगमा आगलागी

भरतपुर । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको छ ।

आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा  र यन्त्रमा जलेर अन्दाजी ७ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्योगमा बिहान ९ बजेतिर लागेको आगो साढे ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।