जसपा फुट्ने बलियो सम्भावना
११ चैत्र २०७७, बुधबार १३:१०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीच मंगलबार बालुवाटारमा सत्ता समीकरणको सबालमा गम्भीर छलफल भएको थियो । प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए तर जसपा नेताहरुले यसअघि कै अडान दोहोर्याए ।
जसपाले पहिलो नम्बरमा सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र थरुहट मधेस आन्दोलनका क्रममा आफ्ना नेता-कार्यकर्ताहरुलाई लगाएको झुटा मुद्दा फिर्ता गर्नुपर्ने बताएका थिए । सरकार र जसपाबीचको वार्ता सकारात्मक भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए। तर अहिल्यै कुनै निष्कर्षमा नपुगेको उनको भनाइ थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लौटीरुपमा छलफल गरेको भन्दै उपेन्द्र यादव रुष्ट बनेका छन्। उपेन्द्र यादवले पार्टीभित्र ओली सरकारलाई फाल्नुपर्ने अडानमा लिएका छन्। यस्तै अवस्थामा रहिआए र भोलिका दिनमा ओली सरकारमा महन्थ, राजनेद्रहरु जान सहमति भए पार्टी फुट्क कसैले रोक्न नसक्ने जसपाका एक वरिष्ठ नेताले जानकारी दिए। ‘सरकारमै जाने कुराले जसपा फुट्नसक्ने सम्भावना बलियो छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया