माधव समूहको सबै संगठनमा विद्यार्थीको समानान्तर कमिटी – Nagarikabhiyan : National News

माधव समूहको सबै संगठनमा विद्यार्थीको समानान्तर कमिटी

काठमाडौं ।  नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि सबै संगठनमा समानान्तर कमिटी बनाएको  छ ।

 

समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुलि  , सहअध्यक्ष ओसिम आलम , महासचिव आरती लामा र सचिव राजकिशोर यादव चयन भएका छन् ।  हिजो मंगलबार राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको समूहले सुदेश पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनाएको हो ।

 

दीपेश प्रसाईलाई कोषध्यक्ष बनाएको समानान्तर कमिटीको आठ जना उपाध्यक्ष तथा ३७ जना सचिव रहेका छन्।  माधव नेपाल समूहले यसअघि अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाइसकेको छ।