यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ
१० चैत्र २०७७, मंगलवार १५:५५
तेह्रथुम । यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका–१ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले ती बालिकालाई आइतबार साँझ यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया