राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ गठन ७ बुँदे घोषणापत्र जारी
९ चैत्र २०७७, सोमबार २०:२३
काठमाडौँ । लेखक राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको प्रथम केन्द्रीय कार्यसमिति गठन भएको छ ।

ललितपुरमा शनिबारदेखि भएको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा टंक सेलिङ, उपाध्यक्षमा रजनीमिला, जगबहादुर बुढा, विष्णुकुमार सिंजाली, वेचन उराँव, कृष्णराज सर्वहारी, सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार सर्वसम्मतिले चयन भएका छन् । महासचिवमा बुद्ध योञ्जन लामा चयन भएका छन् । सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ्ग, प्रेमीला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन् । महासंघको कोषाध्यक्षमा उर्मिला गम्वा थारु र सह–कोषाध्यक्षमा जितेन पन्धाक चयन भएका छन् । महासंघको प्रथम केन्द्रीय कार्यसमितिका सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि. लामा, डा. चित्र माबो, रोशन गुरुङ, रामलाल उराँव, कविराज तामाङ, गणेश कुमाल, चोमु शेर्पा खुसी, नेपोलियन चेपाङ, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ राई, शर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेका छन् ।
भेलामा महासंघको ७ बुँदे घोषणापत्र पनि सार्वजनिक गरिएको छ । विकासका नाममा आदिवासी सम्पदाहरू मास्ने काम राज्यकै अग्रसरतामा भइरहेकाले आफूहरू आन्दोलित हुनुपरेको महासंघको भनाइ छ । संविधानमा नेपाल धर्मनिरपेक्ष मुलुक भनिए पनि व्यवहारमा लागू नभएको उक्त घोषणापत्रमा उल्लेख छ ।

अध्यक्ष , राजन मुकारुङ, वरिष्ठ उपाध्यक्ष टंक सेलिङ, उपाध्यक्ष रजनीमिला, जगबहादुर बुढा, विष्णुकुमार सिंजाली,वेचन उराँव,कृष्णराज सर्वहारी, सोमबहादुर धिमाल
गौरी तमू, उत्तमकुमार सुनुवार, महासचिव बुद्ध योञ्जन लामा, सचिव लक्ष्मी रुम्बा.अन्वेश थुलुङ,प्रेमीला राई,बच्चु हिमांशु,जीवनप्रवेश रोकामगर,कुन्साङ,मेनुका छन्त्याल
कोषाध्यक्ष- उर्मिला गम्बा थारु, सह–कोषाध्यक्ष- जितेन पन्धाक, सदस्यहरु हेन्सेन याक्खा,अञ्जना इछमफूल,पवित्रा थापामगर,विराट किराती,राम बि. लामा,डा. चित्र माबो
रोशन गुरुङ,रामलाल उराँव,कविराज तामाङ,गणेश कुमाल,चोमु शेर्पा खुसी,नेपोलियन चेपाङ,तेजेन्द्र ताजपुरिया,महेन्द्र थुलुङ राई,शर्मिला रोका मगर,रामगोपाल आशुतोष
लालबहादुर भुजेल रहेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया