स्रोत नखुलेको करिब ६ लाख सहित यादव पक्राउ – Nagarikabhiyan : National News

स्रोत नखुलेको करिब ६ लाख सहित यादव पक्राउ

वीरगंज । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको करिब ६ लाख रुपैयाँ सहित रौतहट कटहरिया नगरपालिका १ बस्ने २५ वर्षीय मुकेश कुमार यादबलाई प्रहरीले पक्राउ गरेको छ ।

प्र.३.००२ प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादबलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।