नेपालमा फेरि काेराेना कहर शुरू नवलपरासीमा दुई जनामा कोरोना संक्रमण पुष्टि
८ चैत्र २०७७, आईतवार २०:४१
नवलपरासी । पश्चिम नवलपरासीमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १६ का ५० वर्षका पुरुष र प्रतापपुर गाउँपालिका वडा नम्बर ८ की ५५ वर्षिय महिलामा संक्रमण देखिएको हो । यससगैँ जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ४५ पुगेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । जसमध्ये जिल्लामा ३ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा हालसम्म ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
खुल्ला सिमानाकारण जिल्लामा कोरोना भाईरस संक्रमण थप फैलिने त्रास रहेकाले सावधानी अपनाउन आग्रह स्वास्थ्य कार्यालयले आग्रहर गरेको छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया