होशियार! नेपालमा हिट्लरको उदय हुँदै:भट्टराई
८ चैत्र २०७७, आईतवार ११:११
काठमाडौ । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि हुकुम चलाउँन लागेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेकपा एमालेभित्रबाटै थप अधिकार पाएको प्रसंगलाई उल्लेख् गर्दै भट्टराईले नेपालमा हिट्लरको उदय भइरहेको समेत बताएका हुन् ।
उनले ट्विटमार्फट भनेका छन्,’हिट्लरबारे चर्चित भनाइ छ–‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनकक किनकि म यहुदी थिइनककस‘अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ! उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउककदैछ! होशियार ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया