देवानगंज गाउँपालिकाद्धारा ५ दिने योग शिविर संचालन
८ चैत्र २०७७, आईतवार ११:१३
देवानगंज । सुनसरी जिल्लाको देवानगंज गाउँपालिकाद्धारा आइतबार देवानगंज वडा नम्बर ३ को प्रांगणमा ५ दिने योग शिविर संचालन गरिएको छ ।


योग गरौं निरोग बनौँ भन्ने नाराका साथ देवानगंज गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा बिहान ४ बजेदेखि ६ बजेसम्म देवानगंज वडा नम्बर ३ को प्रांगणमा कार्यक्रम गरिएको छ ।

मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले योग शिविर कार्यक्रम सञ्चालन गर्नु पर्नेमा गाउँपालिकाले जोड दिएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया