वीरगञ्जबाट लागुऔषध खैरो हिरोइनसहित १७ वर्षीय किशोर पक्राउ – Nagarikabhiyan : National News

वीरगञ्जबाट लागुऔषध खैरो हिरोइनसहित १७ वर्षीय किशोर पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट लागुऔषध खैरो हिरोइनसहित १७ वर्षीय एक किशोर पक्राउ परेका छन् । शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका–१४ पावर हाउस चोकमा चेकजाँचको क्रममा ३० ग्राम खैरो हिरोइनसहित ती किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागुऔषधसहित पक्राउ परेका किशोरलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।