चर्चित रियालिटी शो “दि भ्वाइस अफ नेपाल – सिजन ३” आजदेखि सुरु – Nagarikabhiyan : National News

चर्चित रियालिटी शो “दि भ्वाइस अफ नेपाल – सिजन ३” आजदेखि सुरु

काठमाडौं ।  चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ आज बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ ।

यो शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो । प्रिमियरमा शोका निर्णायकहरु, निर्माता, निर्देशक, विज्ञापनदाता उपस्थित थिए ।

आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ । यो राउन्डमा कोचको कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुनै एक कोचको साथमा अघिल्लो राउन्डमा प्रवेश गर्नेछन् । ‘दि भ्वाइस अफ नेपाल’को सबैभन्दा रोमाञ्चक राउन्डको रुपमा ‘ब्लाइन्ड अडिसन’लाई लिइन्छ ।

 

यो बर्ष शोको निर्णायकमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ कोचको रुपमा छन् । लक्ष्मण पौडेल यो शोका निर्देशक हुन् । नेपालकै नम्बर १ गायन रियालिटी शोको रुपमा रहेको यो शोको अघिल्ला सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।