महोत्तरीमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर चार लाखको क्षति
६ चैत्र २०७७, शुक्रबार ११:०५
काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–७ स्थित खत्बेटोलका स्थानीय रामवली खत्बेको घरमा गए राति आगलागी भएको छ ।
लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी हुँदा घर जलेर पूर्णरूपले क्षतिग्रस्त भएको हो । पिडितका अनुसार टाटीको बेरा र खरले छाएको थियो ।
पीडित घरधनी रामवलीका अनुसार घरभित्र रहको ३०० किलो चामल, दाल, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपात तथा अन्य थुप्रै जिन्सी सामान गरी करिब रू चार लाखको क्षति भएको जनाएको छ ।
आगलागीबाट अन्य घरमा फैलन नदिन प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया