मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा श्रीमान पक्राउ – Nagarikabhiyan : National News

मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं ।  दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षिय मान सिंह दमाईले  मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको छ ।

मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

दमाईले चैत २ गते साँझ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाई उनले कुटपिट गरेका थिए। घाइते पान्सरीलाई उपचारार्थ महाकाली अस्पतालमा भर्ना गरिए पनि उपचार क्रममा उनको त्यही दिन राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

चिकित्सकले उपचारका क्रममा पान्सरीको मृत्यु भएको खबर गरेपश्चात मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुन्धान भइरहेको उनले बताए।

मृतक पान्सरीको शव पोष्टमार्टमपश्चात उनका भाइले बुझेर लगेका प्रहरीले जनाएको छ।