लकडाउनको बीचमा सीमामा आएका नेपाली भारतको क्वारेन्टाईनमा राखियो , अनावश्यक आगवनमा रोक
५ जेष्ठ २०७७, सोमबार १७:०६
देवानगंज । नेपाल भारत सीमा क्षेत्रमा सुनसरीको देवानगञ्ज गाउँपालिकाका स्थानीयहरु भरतबाट आउदै गर्दा भारतीय प्रहरीले सीमामा नियन्त्रणमा लिएको छ ।
कोरोना महामारी सर्ने त्रासका बीचमा भारतिय शहरमा काम तथा रोजगार गरेर फर्किएका नेपाली नागरिकलाई देवानगञ्ज गाउँपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको भारतीय सीमा सुरक्षा बल एसएसबी मानिकपुरले जनाएको छ ।
लुकीछीपी नेपाल तर्फ आईरहेकोमा उनीहरुलाई सीमामा नियन्त्रणमा दिएका हुन । सबैलाई मानिकपुर क्वारेन्टाईनमा राखिएको एसएसबीले जनाएको छ ।

नेपाली र भारतीय किसानले लगाएको सीमा क्षेत्रको मकैवारीको सुरूङ हुदै सुनसरीको देवानगञ्ज गाउँपलिका १ मध्यहर्षाही आउदै गरेका अजयकुमार दास, सोही ठाउँका कपिलदेव दास, छेदीलाल दास, सलेश दास, महेन्द्र दास, शत्रुधन दास , जयकुमार दास, सन्तोश दास सहितलाई झाडीमा लुकेर बसेको अवस्थामा फेला पारेको हो ।
सबै जनालाई भारत तर्फको क्वारेन्टाईना राखिएको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया