जापानमा ५.३ म्याग्नीच्यूडको भूकम्प
४ चैत्र २०७७, बुधबार १५:४७
सिन्ह्वा
काठमाडौं । जापानको टोकियो फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उक्त भूकम्प स्थानीय समयअनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको थियो ।
भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया