३ जना अपरिचित व्यक्तिद्वारा युवकको हत्या   – Nagarikabhiyan : National News

३ जना अपरिचित व्यक्तिद्वारा युवकको हत्या  

काठमाडौं ।  रोल्पा जिल्लाको नाफे गाउँपालिका – ६ को  ३१ वर्षका विरेन्द्रप्रकाश गिरीलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।

जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार मंगलबार  सांझ ८:१५ बजे अपरिचित ३ जना व्यक्तिले युवकको हत्या गरेको जनाएको छ ।

नयां घरको बार्दली बनाई बस्दै आएको घर जांदै गरेका बेला गिरीको हत्या भएको हो। घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउं र प्रहरी चौकी इरिबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।

रातभर प्रहरीले शवलाई घटनास्थलमै कुरेको थियो । बुधबार बिहान मुचुल्का उठाउने कार्य भइरहेको प्रनाउ सुवेदीले जानकारी दिए । हत्यामा संलग्न सबै फ्रहार रहेका छन्। घटनामा संलग्नहरुको खोजी भइरहेको जनाइएको छ। घटना हुँदा देख्ने मानिसले दिएको हुलियाका आधारमा दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।