कोठाभित्रै टिकटक देखि फोनसम्म कुरा गर्दै MIT क्याम्पसका छात्राहरू (भिडियो सहित) – Nagarikabhiyan : National News

कोठाभित्रै टिकटक देखि फोनसम्म कुरा गर्दै MIT क्याम्पसका छात्राहरू (भिडियो सहित)

काठमाडौं । क्याम्पस जीवनमा प्रवेश गर्न लागेका धेरै विद्यार्थी टिकटकमा बढी समय दिएर भविष्यमा के गर्ने र के बन्ने अन्यौलतामा खुट्टा हान्दै छन ।

यो घटना प्रदेश २ को राजधानी भनिने जनकपुरधाम स्थित कहलाउने अनुशासन र मर्यादित क्याम्पस (MIT) मिटमा पढ्ने विद्यार्थीको हुन । यस क्याम्पसका अध्ययनरत छात्राले कोठा भित्र नै विभिन्न किसिमका भिडियो बनाएर टिकटकमा राखिएको छ ।

क्याम्पसको लापरबाही र अनुशासनहिन कोठा भित्र गरिएको छात्राहरूको टिकटक भिडियो सार्वजनिक भएको छ । कुनै छात्रा टिकटक बनाउदै छ भने कुनै फोनमा कुरा गर्दैछन् । यस्तै अवस्था रहे भने क्याम्पस पढ्ने सबै विद्यार्थीको भविष्यमा ठुलो नकारात्मक प्रभाव पर्न सकिन्छ । यस्तो घटनाको जिम्मेवारीमा स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिन जरुरी छन ।

यस क्याम्पसका व्यवस्थापक र संचालकले महिना पुग्दै अध्ययनरत विद्यार्थीहरुको महिना शुल्क जसरी पनि अभिभावक संग तान्ने गर्छन। यहाँ सम्म कि अभिभावकले आफ्नो छोराछोरीको पढाइमा कुनै असर नपरोस् भनेर तुरुन्तै शुल्क तिर्नुपरेको छ । कतिपय अभिभावकको सपना हुन्छ हाम्रो छोराछोरीले ठुलो मान्छे बनोस् । देश र समाज हाक्ने बनोस् र ठुलो प्रगति गरोस् तर यो सबै उल्टै हुँदै छन ।

विद्यार्थीले परीक्षामा मेहनत कम का कारणले राम्रो अंक ल्याउन पनि असफल हुने गरेका छन । अहिले भविष्य निर्माणको जग हाल्ने बेलामा ध्यान दिइएन भने पछि जीवनको सुनौलो धुरी हाल्न सकिँदैन ।