निलम्बनमा परेका रेशम चौधरीलाई छुटाउन बालुवाटारमा छलफल सुरु
२८ फाल्गुन २०७७, शुक्रबार १७:२४
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सांसद रेशम चौधरीलाई छुटाउनेबारे सरकार र जनता समाजवादी पार्टीका नेताहरुबीच फेरि छलफल भएको छ ।
निलम्बनमा परेका रेशम चौधरीलाई छुटाउनेबारे छलफलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई र जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल बसेका छन् ।
थुनामा रहेका माननीय सांसद चौधरीलाई रिहाइ गर्ने विषयमा जसपाका नेताहरुसँग बालुवाटारमा छलफल भइरहेको छ । सांसद चौधरीको रिहाइका लागि पहल गर्न छलफल भइरहेको नेम्वाङले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया