सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? – Nagarikabhiyan : National News

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ८६ हजार ८०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।