सप्तरीको बरमझियाका पेडा व्यवसाय सङ्कटमा – Nagarikabhiyan : National News

सप्तरीको बरमझियाका पेडा व्यवसाय सङ्कटमा

राजविराज ।  कोरोना भाइरस रोकन सरकारले घोषणा गरेको नियमित डेढ महिनादेखिको लकडाउनले नेपालमै प्रसिद्ध मानिने सप्तरीको बरमझियास्थित पेडा व्यवसाय यतिबेला सङ्कटमा परेको छ ।

नेपालमै पेडाका लागि प्रसिद्ध सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा ४० देखि ५० भन्दा बढी पेडा पसलहरु सञ्चालनमा छन ।

तर, लकडाउनका कारण पेडा बनाउनका लागि आवश्यक पर्ने भैंसीको दूध र चिनी तथा दाउरा माग बमोजिमको आपूर्ति हुन नसक्दा व्यवसाय सञ्चालन गर्न समस्या भएको पेडा व्यापारीहरुको गुनासो छ ।

लगातारको लकडाउनले पेडाको व्यापार गर्नेहरुको पेशा मात्रै संकटमा परेको छैन पेडा व्यवसाय नै संङ्कटमा परेको माँ कंकालिनी पेडा भण्डारका पेडा ब्यवसाय राजकुमार गुप्ताले भन्नुभयो दुध , दाउरा र चिनीको कमी भएको बताउदै पसलमा काम गर्ने कर्मचारीको समेत अभाव भएको छ ।

उहाँले आफनो पसलमा काम गर्ने ३ वटा स्टाफ रहेको र लकडाउनका कारण बिगत डेढ महिनादेखि पेडा पसल बन्द हुदा उनीहरुलाई खाना खुवाउने पैसा समेत सकिएको गुनासो गर्नुभयो ।

लकडाउनका कारण पेडा बनाउन आवश्यक पर्ने भैंसीको दूध , दाउरा र स्टाफको अभाव तथा चिनी महगो पर्ने भएकोले आवश्यकता अनुसार आपूर्ति हुन नसक्दा ग्राहकले पनि आवश्यकता अनुसार गुणस्तरीय पेडा नपाएको गुनासो समेत पाइएको छ ।

असली बाबा बैद्यनाथ बुढो बाजेको पेडा पसलका संचालक श्रवण यादवले पेडा बनाउनका लागि दैनिक एक मन दुधको अवश्यकता पर्छ तर पेडा बनाउनका लागि अहिले दुधको कमी भएको गुनासो गर्नुभयो ।

लकडाउनका कारण पनि ग्राहकहरु अहिले पसलमा आउन छाडेकोले पनि आफुहरुलाई दिन चरिया काटन समस्या भइरहेको उहाँले बताउनुभयो ।

आफ्नो पसलमा मात्र दैनिक दुई सयदेखि अढाई सय लिटरसम्म दूध पेडा बनाउनका लागि खपत हुँदै आएकोमा अहिले मुस्किलले एक लिटर पनि दूध आपूर्ति हुन नसकेको गुनासो गर्नुभयो ।

लकडाउन हुनु अघि जिल्लामा भैंसीको दूध आभाव भएपछि सिरहा, सुनसरी, उदयपुर र भारतको डगमारा लगायतका स्थानबाट यहाँ दूध ल्याएर जसोतसो पेडा बनाएर व्यापार गरिरहेका थिए ।

त्यस्तै बिगत १३ बर्षदेखि बरमझियामा पेडाको पसल संचालन गरेर बस्नुभएको पूरानो बुढो बजे पेडा पसल संचालक राजेन्द्र साहका अनुसार रु ६ लाख ऋण काढेर पसल संचालन गरेको पहिला दैनिक तीन÷चार हजारको व्यापार हुन्थ्यो’, तर लकडाउनका कारण पेडा उत्पादन नभएपछि व्यापार नै चोपठ भएको बताउनुभयो ।

उहाँ भन्नुभयो लकडाउनले अहिले १ सय रुपैया केजी चिनीको भाउ रहेको महगीमा पनि पेडा बनाएपनि बिक्रि नै रोकीएपछि लिजमा लिएको घरभडा तिर्न समेत धोधो भएको गुनासो थप्पनुभयो ।

आफनो परिवार र पेडा पसलमा राखिएको दुई वटा स्टाफलाई खाना खुवाउन पैसा समेत नभएको गुनासो गर्दै लिएको ऋण तिर्न नसकेको उहाँले भन्नुभयो दूधको उत्पादन र आपूर्तिको अवस्थामा सुधार नआए देशविदेशमा नाम कमाएको पेडाको गुणस्तरमा समेत ¥हास आउन सकिन्छ भन्नुभयो ।

स्थानियका अनुसार चार दशकअघि बैधनाथ साहले सर्बप्रथम बरमझियामा पेडा पसल सुरुवात गरेका थिए । अहिले बरमिझयामा ४० देखि ५० वटाभन्दा बढी पेडा पसल सञ्चालनमा रहको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेका सप्तरीको बरमझियामा रहेको पेडा व्यवसायहरु लकडाउनका मारमा परेर अहिले समस्यामा रहेकको अर्का श्री बाबा बैद्यनाथ पेडा भण्डारका संचालक जगदिश शर्माले बताउनुभयो ।

उहाँले लकडाउनका कारण यहाँको पेडा पसलहरु पुर्णरुपमा बन्द रहकोले एक महिना अगाडी बनाएर राखिएको पेडाहरु बिक्रि हुन नसेका कारण अहिले कुहिएको छ ।

यही पसलको सहारमा दुई छोरा र दुई छोरीको पढाई देखि लिएर आफनो परिवारको गुजारा चल्ने आएको थियो ।

असली बुढो बाजे पेडा भण्डारका संचालक गोपाल शर्माले पेडा पसल नचलेका कारण पसलमा काम गर्ने स्टाफलाई तलब दिन समेत धोधो परिरहेको बताउनुभयो ।

पसलमा ग्रहकका लागि राखिएको कोकोकोला,फुर्टी,बिस्कुट र चाउचाउ लगायतको समानहरुको म्याद समेत गज्ररेकोले नष्ट गर्नुपरेको र बिक्रिको लागि बनाइएको २५ केजी पेडा समेत बिग्रिएकोले खाल्डो खनेर गाडीएको उहाँले बताउनुभयो ।

यस्तै ओम बाबा बैद्यनाथ पेडा भण्डारका बिरेन्द्र चौधरीका अनुसार ५ बर्ष अगाडी बरमझियामा बैकबाट ऋण लिएर करिब १० लाखको लागतमा पेडा पसल संचालन गरेको थियो ।

उहाँले भन्नुभयो गाउँघरबाट ३ रुपैया सेकडामा लिएको ऋणबाट पेडा पसल थालिएको तर अहिले लकडाउनका कारण बिगत एक महिनादेखि पसल बन्द भएका कारण ९ जनाको परिवारलाई पाल्दै आएको अवस्थामा अहिले पैसाको अभावका कारण समस्या परेको गुनासो गर्नुभयो ।

सुकुमवासीको जिवन बिताउदै आएको चौधरीले पेडा पसलमा बनाएर राखिएको एक कुन्टल खुवा र ३० हजार मुल्य बराबरको कोकोकोला र फुर्टी नष्ट भएको छ ।

उहाँको पसलमा दैनिक दुई सय लिटर दुध खप्त हुदै आएको थियो तर लकडाउनले पसल नचलेको कारण पेडाहरु यत्रतत्र फलिएको छ भन्नुभयो । उहाँले रु १२ हजारमा मासिक कोठा भडा लिएर यहाँ पेडा पसल संचालन गर्नुभएको छ ।

अर्का सप्तरीकै पुरानो बाजेको पेडा पसलका संचालक गगा पंजियारले पनि आफु पेडा पसलबाट कोठा भडा, स्टाफ खर्च सबै कटाएर मासिक रु २५ हजार आम्दनी गर्दै आएको थिए , तर लकडाउका कारण २८ केजी खुवा नष्ट हुनुका साथै अहिले पसल पुर्णरुपमा बन्द भएका कारण पनि आफनो घर चलाउन समस्या भइरहेको छ ।

यसैगरि नारायण पेडा भण्डारका संचालक नारायण मण्डलले समेत भन्नुभयो दुई जना स्टाफलाई बसाएर खुवाउदै छु कहिले लकडाउन खुल्छ र हाम्रो पसल चलछ अनि रु १४ हजार घर भडाबाट संचालन गरेको पसलको कर्जा चुक्ता गर्न देखि लिएर स्टाफसहित करिब १८ जनाको यही पसलबाट पेट भर्ने गरेको बताउनुभयो ।

पसलमा राखिएको ३० काटुन फुर्टी, ३० काटुन बिस्कुट र रु ३० हजार मुल्य बराबरको फेन्टाको समेत म्याद सकेर नष्ट भइसकेछ उहाँले भन्नुभयो ।

‘पेडाको माग दिनप्रति दिन बढ्दै गएको छ तर लकडाउनका कारणले दूधको आपूर्ति भने घट्दै गएको पाइएको छ ।

बरमझियास्थित बिभिन्न पेडा पसलमा दैनिक रु १७ लाख मूल्य बराबरको ८० मन दूध खपत हुने गरेको व्यवसायीको भनाइ छ ।

दैनिक करीब रु १० लाख मूल्य बराबरको पेडा बिक्री हुन्छन् भने यस व्यसायको कारण करीब दुई हजार कामदार प्रत्यक्षरुपमा यहाँ रोजगारी पाएको ब्यवसायहरु बताउँछन । पेडा व्यवसायको कारण दैनिक एक हजार किसान दूध बेचेर आर्थिक लाभ समेत लिने गरेको बताइएको छ ।

करीब ८० वर्षको लामो इतिहास बोकेको पेडा व्यवसायको शुरु आत वैद्यनाथ साहले गरेको भए पनि अहिले देखासिखी गर्दै सोही मिल्दोजुल्दो नामको करीब ४० देखि ५० वटा पेडा पसलहरु संचालनमा रहेको कंचनरुप नगरपालिका वडा नं. १० का स्थानिय नारायण खडगाले बताउनुभयो ।

दशैँदेखि छठसम्म पेडाको माग अत्यधिक हुने र यो समयमा व्यापार पनि राम्रो हुने गरेको ब्यवसायीहरुले बताएका छन ।

बरमझियामा ५० वर्षअघि बैजनाथ साहले पहिलो पटक पेडा पसल खोलेका थिए । त्यसपछि सबै पेडा पसलको नाममा ‘असली’, ‘पुरानो’, ‘बुढा’ र ‘वैजनाथ’ जोडिएका छन ।

उक्त पसलपछि ब्राण्डकै रूपमा स्थापित भएका सबै पसलको नाममा ती शब्द संग जोड्नुपर्ने बाध्यता बनेको स्थानियहरु बताउँछन ।

बरमझियामा असली, पुरानो, बुढा र वैद्यनाथ नजोडी नाम राखिएको पसलले ग्राहक नपाउने भएकाले उनीहरूले त्यही ब्राण्डमा पेडा पसल चलाइरहेका छन् । यहाँका हरेक घरको रोजगारी पेडा व्यवसाय नै बनेको छ ।

यहाँको पेडा अहिले प्रति किलो ७ सयदेखि ८ सय ५० रुपैयाँसम्म पर्छ । प्रतिस्पर्धा बढिरहे पनि बरमझियाको पेडाको आकर्षण घटेको छैन ।

हरेक वर्ष बजार बढ्दै गएको अवस्थामा पेडा व्यवसायले बरमझियालाई काम, दाम र नाम सबै दिएको स्थानीयको भनाइ छ ।

राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय स्तरमा समेत लोकप्रिय रहेको बरमझियाको पेडाको गुणस्तर र तौलमा शुद्धता प्रमुख चुनौति रहेकाले पेडा व्यवसायीको समस्या समाधान हुनुपर्ने ब्यवसायहरुले माग समेत गरिएको छ ।

पुर्व–पश्चििम राजमार्ग संगै जोडिएर रहेको बरमझिायाको पेडा पसलहरुमा चाडपर्वका बेला राजमार्गमा सवारी साधन र मानिसहरुको आवतजावत बढी हुन्छ ।

यात्रीहरु समेत पेडा चाख्न र कोसेलीका रुपमा आफन्तलाई पनि पेडा नै लगिदिन चाहन्छन । त्यही भएर चाडपर्वका बेला पेडाको माग अत्यधिक हुने गर्छ ।