घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ – Nagarikabhiyan : National News

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य तोलामा ८६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८५ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८५ हजार १५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य तोलामा १२६५ मा कारोबार भएकोमा आज घटेर १२५५ कायम भएको महासंघले जनाएको छ ।