विभिन्न स्थानबाट नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाउँदै – Nagarikabhiyan : National News

विभिन्न स्थानबाट नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाउँदै

काठमाडौं : आइतवार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे फैसला गरेसँगै यतिबेला राजनीतिक माहोल तातेको छ ।

नुवाकोटमा सोमवार ओली पक्षले पार्टी कार्यालयमा रहेको नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको बोर्ड राखेका छन् ।

एक कार्यक्रमकाबीच विदुर नगरपालिका वडा नं ४ मा रहेको पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको अनेरास्ववियूका नेता विष्णु दाहालले जानकारी दिए ।

उनका अनुसार प्रदेश सभा सांसद केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सांसद बद्री मैनाली, बिन्दा ढुंगाना तथा पूर्व मेयर कमानसिंह लामा लगायतको उपस्थितीमा पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।

यसैक्रममा मोरङमा पनि ओली पक्षका कार्यकर्ताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमाले लेखिएको बोर्ड राखेका छन् ।

सोमवार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहले विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको नेकपाको कार्यालमा एमालेको बोर्ड राखिएको हो ।