प्रधानमन्त्री कुन पार्टीको भनेर सोध्नेलाई मैले भन्नु नपरोस् तपाई चाँही कुन पार्टीको भनेर ?
२४ फाल्गुन २०७७, सोमबार १४:११
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहको नेताहरुलाई तपाईँहरु कुन पार्टीको नेता हो भनी प्रश्न गरेका छन् । उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रश्न गरेका हुन् ।
उनले आफूलाई कुन पार्टीको हो भनेर सोधेको भन्दै आफू कुन पार्टीको हो भन्ने विषय जान्न सर्वोच्च अदालतमा गएर हेर्न आग्रह गरेका छन् । आफूलाई नेकपाको साधारण सदस्यबाट समेत हटाएको भन्दै आफू को हो भनी हेर्न अदालतमा गएर बुझ्न आग्रह गरेका छन् ।
उनले संसद पुन:स्थापन भएर दु:खको दिन सुरु भएको बताए । उनले संसद सुरु हुनु वित्तिकै संसदमा विरोध गरेर एसिड आक्रमण सम्बन्धी अध्यदेश पेस गर्ने बेलामा कांग्रेस लगायत सबै दलले असहयोग गरेको बताए । उनले यो अध्यादेश रोकेर देखाउनसमेत चुनौती दिएका छन् ।
संसद पुन:स्थापना भएपछि सांसदहरुले आफ्नो पद र मर्यादासमेत भुलेर प्रस्तुत हुने गरेको बताए । यो संसद यस्तै गन्जागोल हुने देखेर विघटन गरेको बताउँदै नयाँ निर्वाचन भएको भए नयाँ किसिमको सरकार गठन हुने पक्का भएको जिकिर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया