सुनको मूल्य बढ्यो,कतिमा भइरहेको छ कारोबार ? – Nagarikabhiyan : National News

सुनको मूल्य बढ्यो,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज १०० रूपैयाँले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज तोलामा १०० रूपैयाँले नै बढेर ८५ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदी पनि आज तोलामा १५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।