बेपत्ता भएका सहोडवाको दम्पतीलाई जसपाको गम्भीर ध्यानाकर्षण
२३ फाल्गुन २०७७, आईतवार १६:५०
काठमाडौं । महोत्तरीमा मिति २०७७ फाल्गुन १० गते
सुतेकै ठाउँबाट बेपत्ता भएका महोत्तरीका एक दम्पती लामो समय बितिसक्दा पनि फेला परेका छैनन् ।
सोमबार राति घरबाटै पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसफिर झा र उनकी श्रीमती ६० वर्षकी गीतादेवी बेपत्ता भएका थिए । सो खबरले “जनता समाजवादी पार्टी” जसपाले गम्भीर ध्यानाकर्षण गरिएका छन ।
- जसपाले आज विज्ञप्ति निकालेको छ। जसमा नागरिकको ज्यान धन सुरक्षाको प्रत्याभूती दिने कार्य सरकारको प्रमुख दायित्व रहेको बताएका छन् । साथै
निज दम्पतीको बारेमा सत्यतथ्य पत्ता लगाउने कार्यमा सरकार गम्भीर रुपमा अनुसन्धान कार्यलाई तदारुकता को साथ अगाडि बढाउने र यथासिघ्र सार्वजनिक गर्न जोडदार माग गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया