आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूह संसद सचिवालय पुगेपछि – Nagarikabhiyan : National News

आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूह संसद सचिवालय पुगेपछि

काठमाडौं ।  प्रचण्ड–नेपाल समूह  आधिकारिकता दाबी गर्दै  संसद सचिवालय पुगेका  छन । अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङसहितका नेताहरू संसद सचिवालय पुगेको हो ।

संसद् सचिवालयका महासचिव भरतराज पौडेललाई भेटेर आफूहरू आधिकारिक रहेको दाबी गर्दै पत्र पेस गर्दै प्रचण्ड–नेपाल पक्षले आफ्नो पक्षमा बहुमत सांसद रहेको र प्रचण्डलाई संसदीय दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतक नियुक्त गरेको जनाएको छ ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रश्न चिन्ह खडा भएको छ ।  तर सचिवालयका महासचिव पौडेलले पत्र दर्ता गर्न अहिले कानुनी रूपमा समस्या रहेको र बहुमत सांसदको हस्ताक्षर पनि आवश्यक पर्ने बताएका छन् ।