नेकपाको प्रचण्ड–नेपाल पक्षका नेताहरुले गरे सभामुख सपकोटासँग परामर्श – Nagarikabhiyan : National News

नेकपाको प्रचण्ड–नेपाल पक्षका नेताहरुले गरे सभामुख सपकोटासँग परामर्श

काठमाडौँ । प्रतिनिधि सभा बैठकअघि नेकपा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासँगको परामर्श गरेका छन् ।

आइतबार बिहान नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच छलफल भएको थियो ।

त्यसलगत्तै नेताहरु सभामुख सापकोटासँग परामर्शका लागि उनको कार्यकक्षमा पुगेका थिए । सभामुखसँग करिब २० मिनेट छलफल भएको बताइएको छ । पार्टी विभाजनपछि प्रचण्ड–माधव समूहले प्रचडलाई संसदीय दलको नेता चुनेको छ भने ओली समूहको संसदीय दलको नेतामा केपी ओली रहेका छन् ।

आजको संसदमा सभामुखले नेकपाको संसदीय दलको नेताका रुपमा कसलाई बालाउलान् भन्ने जनचासोको बिषय बनेको छ । ओली समूहले प्रचण्डलाई बोलइए बैठक नै अवरुद्ध पार्ने तयारी गरेको बताइएको छ ।

सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेपछिको पहिलो बैठक आज अपरान्ह बस्दैछ ।