भोक्राहा नरसिंहको नवौं गाउँसभा समपन्न
२२ फाल्गुन २०७७, शनिबार १९:३६
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको चालु आर्थिक वर्षको मध्यवती समिक्षा सहित नवौँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को साउन देखी फागुन २१ गते सम्मको आयव्याय विवरण र बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभा सम्पन्न गरेको हो ।
गाउँपालिकालाई प्राप्त भएको संघिय तथा प्रदेश बजेटको आकार र हालसम्म गरेको खर्च विवरण सहित समिक्षा गरेर शनिबार गाउँसभा समपन्न गरेको उपाध्यक्ष पुनम कुमारी मेहताले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको कुल ४५ करोड ९५ लाख ९८ हजार ५ सय ५५ रुपियाँ अख्यिारी प्रदान गरेकोेमा गाउँपालिकाको संचित कोषमा नेपाल सरकारकोृ वित्तिय समानिकरणको रुपमा १२ करोड ९४ लाख रहेकोमा तेश्रो चौमासिक सम्म ९ करोड ५५ लाख ५० हजार मात्रै प्राप्त भएको जनाएको छ भने बाँकी ३ करोड १८ लाख ५० हजार रुपियाँ प्राप्त हुन् बाँकी रहेको गाउँसभामा पेस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यता सभामा प्रस्तुत गरेकोे प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा ८ वटा वडामा पालिकाको २० वटा सहित ६५ वटा योजनाहरु र ३ वटा क्रमागत सहित ६८ वटा योजना रहेकोमा ११ वटा योजनाहरु ठेक्का प्रक्रियामा गई कार्यान्वयनको प्रकृयामा छ भने ३१ वटा उपभोत्ता समिति गठन भई ६ वटाले काम समेत समपन्न गरिसकेको बताउनुभयो ।
पालिका र वडा अन्तर्गत रहेको १४ वटा योजनाहरु भने सम्झौताको प्रकृयामा रहेको छ । त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि बोलपत्र अह्वान गरि केही दिनमा सम्झौता हुने भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया