फरर्वाडको मुनाफा २२ करोड – Nagarikabhiyan : National News

फरर्वाडको मुनाफा २२ करोड

इनरुवा। सुनसरीको दुहवी नगरपालिकामा केन्द्रिय कार्यालय रहेको फरर्वाड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ करोड ५० लाख मुनाफा कमाएको छ । फरर्वाडले आफ्नो आठौ वर्षिक सधारण सभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार संस्थाको मुनाफा २२ करोड ५० लाख रुपियाँ रहेको जनाएको छ । संस्थाले सुनसरी सहित ३९ जिल्लाको १४१ शाखा मार्फत वित्तिय कारोबार गर्दै आएकोमा यो आर्थिक वर्ष २०७६।०७७ मा १५ अर्व ३ करोडको कारोवार गरेकोमा सो बराबरको मुनाफा कमाएको जनाएको छ । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै संस्थाकी अध्यक्ष भगवती चौधरीले वित्तिय संस्थाको माध्यमबाट बचत , ऋण तथा सामाजिक र आर्थिक सशक्तिकरण गर्दै सामाजिक सेवा सहितको काम गर्दा यो वर्ष २२ करोड मुनाफा भएको बताउनुभयो नुभयो । वहाँले लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गर्दै आठौ सधारण सभा सम्पन्न भएको बताउनुभयो नुभयो । सभाको उद्घाटन कार्यक्रममा फरर्वाडका संचालक सरिताकुमारी दाहाल, आषुदोश शर्मा, बलराम चौधरी, जगतजंग जिसी, शान्ती बस्नेत अधिकारी, कलावती चौधरी र प्रबन्धक आश नारायण चौधरी लगायतकाले शुभकामना मन्त्वय राख्नुहुदै संस्थाले छोटो समयमा राम्रो प्रगति गरेकोमा प्रसंशा समेत व्यक्त गरेका थिए । सम्पन्न भएको सधारण सभाले संस्थालाई थप विकास र विस्तार गर्दै लाने प्रस्ताव पारित गरेको छ ।

१. सुनसरीको दुहवी नगरपालिकामा केन्द्रिय कार्यालय रहेको फरर्वाड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वर्षिक सधारण सभामा विवरण प्रस्तुत गर्दै ।
तस्विर : जयकृष्ण यादव । इनरुवा