संसदीय दलको नेतृत्वमा “कमरेड प्रचण्ड” – Nagarikabhiyan : National News

संसदीय दलको नेतृत्वमा “कमरेड प्रचण्ड”

काठमाडौं ।  प्रचण्ड–माधव पक्षको नेकपाका जेठो सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेतामा चयन गरेको छ ।

संसदीय दलको नेता परिर्वतन गर्न आज बसेको बैठकमा ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको साथै नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव पक्षको दाबी रहेको बताएका छन् ।

नेकपाका विवाद बढिरहेको र दुबै पक्ष (प्रचण्ड नेपाल पक्ष र ओली पक्ष) पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ ।

आज शुक्रबारको बैठक सिंहदरबारमा बसेको सो पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको एक सांसदले बताएको छ ।