३ दिन भित्रै विप्लव समूहसँग यसरी भयो ३ बुदे सहमति – Nagarikabhiyan : National News

३ दिन भित्रै विप्लव समूहसँग यसरी भयो ३ बुदे सहमति

काठमाडौं ।  सरकारले बुधबारदेखि औपचारिक वार्तामै बसेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज बिहीबार तीन बुदे सहमति गरेका छन् ।

नेकपालाई खुला राजनीतिमा आउन यो सहमतिसँगै विप्लव नेतृत्वको सहज भएको छ । सरकारले बिहीबार नै प्रहरीलाई विप्लव समूहका नेता कार्यकर्ता पक्राउ नगर्न निर्देशन दिएको जनाएको छ ।

सरकार र विप्लवसंग भएका तीन बुँदे सहमतिमा विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यममार्फत गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने तथा सम्पूर्ण बन्दीलाई रिहाइ गर्ने र मुद्दा खारेजी गर्ने सहमति गरिएका छन् ।

यस सहमतिको विस्कृत विवरण शुक्रबार दिउँसो दुई बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमति भएको छ । भने यो सहमतिसँगै विप्लव समूह खुला राजनीतिमा आएको महत्वपूर्ण उपब्धी जनाएको छ । अब जनवादी सत्ता स्थापना गर्ने र वैज्ञानिक समाजवाद लागू गर्ने विषयमा खुला बहस गर्ने वातावरण बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विप्लव समूहसँग वार्ताको प्रयासले गति लिएको थियो ।