लुम्बिनी प्रदेशलाई “बालविवाह मुक्त प्रदेश” बनाइने
१८ फाल्गुन २०७७, मंगलवार १३:१०
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्य गर्न सन् २०३० सम्म का लागि लक्ष्य सहित रणनीति कार्य योजनाको मस्यौदा निर्माण गरिएको जनाए ।
नेपालको सातौं प्रदेश मध्ये बालविवाह हुनेमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेकाले सरकारले बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना प्रदेश सरकारको पाँच वर्षे आवधिक योजनामा प्रदेशलाई बालविवाह मुक्त बनाइने लक्ष्य राखिएको प्रदेश सरकारले जनाएका छन् ।
सामाजिक विकास मन्त्रालयले यूएनएफपीओ र सिद्धार्थ सामाजिक विकास केन्द्रसँगको सहकार्यमा रणनीतिको मस्यौदा सोही योजना अनुसार छलफल समेत बनाउन थालिएका छन् । बुटवलमा मंगलबार आयोजित मस्यौदामाथिको छलफलका सहभागीले बालविवाह मुक्त प्रदेशका लागि नीतिनियम र रणनीति तय गर्नुका साथै कानुन कार्यान्वयनमा पनि सरकारलाई सुुझाव गरेको छ । पश्चिममा कर्णाली प्रदेश तथा दक्षिणी भारतको उत्तर प्रदेशसँग सीमा जोडिएका क्षेत्रमा परम्परा, धार्मिक मूल्यमान्यता र आर्थिक सामाजिक परिवेशले बालविवाह कायमै रहेकाले बालविवाह मुक्त लुम्बिनी प्रदेश बनाउने गरी रणनीतिको मस्यौदा तयार पारिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बालविवाह समस्या मुद्दाका रुपमा स्थापित गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया